प्रतिनिधिसभा समानुपातिकतर्फ सदर मतको संख्या १ करोड ५ लाख ६० हजार ६७ पुगेको निर्वाचन आयोगले जनाएको छ। अब थप राजनीतिक पार्टीले थ्रेसहोल्ड कटाउने सम्भावना लगभग सकिएको छ। तर आयोगले औपचारिक घोषणा गरिसकेको छैन।
सात दलबाहेक थप दलले ‘थ्रेसहोल्ड’ (कूल सदर मतको ३ प्रतिशत) कटाउन सकेका छैनन्। अहिलेसम्म नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मात्र थ्रेसहोल्ड पार गरेका हुन्। प्रत्यक्षतर्फ पनि सिट जितेका यी पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन्। राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकमा थ्रेसहोल्ड कटाउनुपर्छ।
तर प्रत्यक्षतर्फ १० सिट जितेर पनि नेकपा एकीकृत समाजवादीले समानुपातिकको थ्रेसहोल्ड कटाउन सकेको छैन। उसले यो खबर तयार पार्दासम्म २ लाख ९८ हजार ३ सय ९१ मत मात्र ल्याएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार थ्रेसहोल्ड पार गर्न ३ लाख १७/१८ हजार मत ल्याउनुपर्छ। जुन दलले ३ लाख वा योभन्दा कम मत ल्याउँछन्, तिनले थ्रेसहोल्ड कटाउन सक्दैनन्।
हेर्नुहोस् कुन दलले कति समानुपातिक मत पाए?
नेकपा एमाले
२८,४५,६४१
नेपाली कांग्रेस
एकल चिह्न गोलाकारभित्र हँसिया-हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,७५,६८४
राष्ट्रिय स्वतन्त्र पार्टी
११,३०,३४४
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८८,८४९
जनता समाजवादी पार्टी, नेपाल
४,२१,३१३
जनमत पार्टी
३,९४,६५५
नेकपार्टी एकीकृत समाजवादी
२,९८,३९१
नागरिक उन्मुक्ति पार्टी
२,७१,७२२
Shares

प्रतिक्रिया