राजनीति


समानुपातिक: झण्डै १ करोड गणना हुँदा एकीकृत समाजवादीको कति?

समानुपातिक: झण्डै १ करोड गणना हुँदा एकीकृत समाजवादीको कति?

फाइल।


नेपालखबर
मंसिर १४, २०७९ बुधबार ६:२३, काठमाडौँ

मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको मत गणना अन्तिम चरणमा पुगेको छ। बुधबार बिहानसम्म समानुपातिकतर्फ झण्डै एक करोड मत गणना गरिएको निर्वाचन आयोगले जनाएको छ।

समानुपातिक मत गणना अन्तिम चरणमा पुग्दा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सक्छ कि सक्दैन भन्ने आम चासो बढेको छ।

हालसम्म गणना भएको ९९ लाख ९३ हजार ५६८ मतगणना हुँदा एकीकृत समाजवादीले २ लाख ८१ हजार ३८१ मत पाएको छ।

आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलन अनुसार ३ लाख मत बदर भएका छन्। यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ।

थ्रेस होल्ड कटाउन कूल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ।

समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा (एमाले) ले २६ लाख ९४ हजार १२४ मत ल्याएको छ। दोस्रो नम्बरमा कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत ल्याउँदा तेस्रोमा नेकपा (माओवादी केन्द्र) ११ लाख ४३ हजार ५०३ मत पाएको छ। 

माओवादीको पछि पछि रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत ल्याएको छ। 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार १०२ मत ल्याएको छ भने जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८८ हजार ४८२ र जनमत पार्टीले ३ लाख ४६ हजार ९७० मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad