ad ad

राजनीति


उदयपुर १ बाट कांग्रेसका नारायण खड्का चौथो पटक विजयी

उदयपुर १ बाट कांग्रेसका नारायण खड्का चौथो पटक विजयी

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७९ मंगलबार २२:५, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का उदयपुर क्षेत्र नम्बर १ बाट चौथो पटक विजयी भएका छन्। 

मंगलबार जारी मतगणनाअनुसार उनले नेकपा एमालेकी प्रतिस्पर्धी मञ्जु चौधरीलाई २ हजार बढी मतान्तरले हराएका हुन्। 

आइतवार भएको विवादपछि एक दिन रोकिएर अघि बढेको मतगणनामा पनि खड्काले अग्रता बनाउँदै जित दर्ता गराएका हुन्। 

मंगलबार राति सम्पन्न मतगणनामा उनले चौधरीलाई २ हजार ३७९ मतले हराएका हुन्।

खड्काले ३१ हजार २७० मत ल्याए भने चाैधरीले २८ हजार ८९१ मत ल्याएकी छन्।

यसअघि गनिएको एक सय मतलाई बदर गर्दै सोमबार साँझबाट मतगणना अघि बढ्दा खड्काले निरन्तर अग्रता बनाउँदै जित निकाले। 

उदयपुर–१ बाट चौथो पटक विजयी खड्का परराष्ट्रमन्त्री पनि हुन्। यहाँ खड्कालाई माओ‌वादीको साथ थियो भने चौधरी एक्लै मैदानमा थिइन्। 

२०७४ मा पनि उनले वाम गठबन्धनकी उम्मेदवार एमाले नेतृ चौधरीलाई ५ सय ४७ मतान्तरले हराएका थिए। 

खड्काले यसअघि ०६४, ०७० र ०७४ को चुनाव जितेका थिए। यस पटक पनि माओवादी केन्द्रको साथ लिएर खड्काले सजिलै जित दर्ता गराएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .