राजनीति


छिट्टै गठबन्धनको दिगो सरकार बनोस् : डा. बाबुराम भट्टराई

छिट्टै गठबन्धनको दिगो सरकार बनोस् : डा. बाबुराम भट्टराई

डा. बाबुराम भट्टराई। तस्बिर : विशाल कार्की/नेपालखबर


नेपालखबर
मंसिर १०, २०७९ शनिबार २१:४४, काठमाडौँ

नेपाल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा छिटै गठबन्धनको दिगो सरकार बनेर देशमा सुशासन र समृद्धि आउने शुभेच्छा प्रकट गरेका छन्। 

सर्लाही–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेसपा अधयक्ष महिन्द्र राय यादवलाई बधाई दिँदै डा. भट्टराईले सो शुभेच्छा राखेका हुन्।

‘नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव लोकतान्त्रिक(वाम गठबन्धनका साझा उम्मेदवारको रूपमा एकल चुनावचिन्ह गोलाकारभित्रको हॅसिया हतौडा लिएर सर्लाही–२ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएकोमा हार्दिक बधाइ,’ भट्टराईले भनेका छन्, ‘छिट्टै गठबन्धनको दिगो सरकार बनोस् र देशमा सुशासन र समृद्धि आओस्!’

महिन्द्र नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका थिए। उनले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गरेका हुन्।

यादवले २३ हजार ५२९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी लोसपाका महतोले २१ हजार ५१८ मत ल्याए। यस्तै, नेकपा एमालेका राज नारायण साहले १४ हजार ८१९ मत ल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad