सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा २ तर्फ नेकपा एमालेका रामप्रसाद महतो विजयी भएका छन्।
उनले नेपाली कांग्रेसबाट प्रदेश सरकारमा मुख्यमन्त्रीको दाबी गरिरहेका राजीव कोइरालालाई पराजित गरेका हुन्।
पछिल्लो मतपरिणामअनुसार महतोले १७ हजार ९७ मत ल्याएका छन्। उनीसँग पराजित कांग्रेसका कोइरालाले १६ हजार ५३१ मत ल्याए।
यो प्रदेशसभामा पनि कोइराला कांग्रेसबाट दलको नेता बनेर मुख्यमन्त्रीको तयारीमा थिए।
तर सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र राईले मुख्यमन्त्री पद लिन सफल भए। पहिलो पटक मुख्यमन्त्री हुन नसकेका उनी यस पटक उक्त पदमा पुग्ने तयारी गर्दै गर्दा एमालेसँग पराजित भए।
354
Shares

प्रतिक्रिया