राजनीति


मुगुमा गठबन्धनले जित्यो, कांग्रेसका शाही बने प्रतिनिधिसभा सदस्य

कर्णालीमा साविक पहिलो दल एमाले बढारियो
मुगुमा गठबन्धनले जित्यो, कांग्रेसका शाही बने प्रतिनिधिसभा सदस्य

ऐनबहादुर शाही


नेपालखबर
मंसिर १०, २०७९ शनिबार ११:१३, सुर्खेत

हिमाली जिल्ला मुगुको प्रतिनिधिसभा क्षेत्रतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीलाई ३ हजार ९९४ मतान्तरले पछि पार्दै शाही संघीय सांसद बन्न सफल भएका हुन्। शाहीका पक्षमा १४ हजार ७०२  मत आउँदा कार्कीले १० हजार ७०८ मत पाए। 

योसँगै कर्णालीमा प्रतिनिधि सभा सदस्यको नतिजा आउने क्रम सकिएको छ। जसमा नेपाली कांग्रेसले ४ र माओवादीले ४, समाजवादीले ३ र राप्रपाले एक सिट जितेका छन्। 

यस्तै २०७४ को निर्वाचनमा कर्णालीमा पहिलो दल बनेको नेकपा एमाले भने यसपटक प्रतिनिधि सभामा बढारिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .