ad ad

राजनीति


माओवादीबाट एमाले बनेकी ज्वाला साह बारा–३ बाट प्रतिनिधिसभामा निर्वाचित

माओवादीबाट एमाले बनेकी ज्वाला साह बारा–३ बाट प्रतिनिधिसभामा निर्वाचित

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ८:५४, बारा

बारा क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)की ज्वालाकुमारी साह विजयी भएकी छन्। 

साह २० हजार २५१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले  १७ हजार दुई सय ७९ मत प्राप्त गरेका छन्।

०७४ मा उनी बारा क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्। २१ फाल्गुणमा सर्बोच्चको फैसलापछी माओवादी छाडेर केपी ओलीलाई समर्थन गरेकाले उनलाई माओवादीले कार्बाही गरेको थियो।

 माओवादी केन्द्रको कार्वाहिपछी उनी प्रदेश सभा सदस्यबाट पदमुक्त भएकी थिइन। साहको राजनीतिक पृष्ठभूमि भने जनयुद्ध हो।

केन्द्रमा एमाले र जसपाबीच गठबन्धन भएपनि बारा ३ मा भने दुबै दलले उम्मेदवारी दिएका थिए।

यो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबु सिंह भइहारले ११ हजार ९६४ मत प्राप्त गरेका छन् भने रास्वपाका सुरेन्द्र शर्माले ३ हजार ५७९ र जनमत पार्टीकी राधिका देवी साहले ३ हजार ३३१ मत प्राप्त गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .