राजनीति


रूकुम पश्चिममा माओवादी केन्द्रको ‘क्लिन स्वीप’

रूकुम पश्चिममा माओवादी केन्द्रको ‘क्लिन स्वीप’

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ४:३६, काठमाडौँ

नेकपा माओवादी केन्द्रले रूकुम पश्चिममा प्रतिस्पर्धी दललाई ‘क्लिन स्वीप’ गरेको छ।

निर्वाचन आयोगले शुक्रबार बिहान सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार रुकुम पश्चिममा माओवादी प्रतिनिधिसभासँगै दुवै प्रदेशसभामा विजयी भएको छ।

माओवादीले प्रतिनिधिसभातर्फ यहाँ अर्थमन्त्री जनार्दन शर्मालाई उम्मेदवार बनाएको थियो। उनी ३९ हजार ५४९ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले १२ हजार ९६१ मत पाएका छन्।

यस्तै माओवादीले प्रदेशसभा १ मा महेन्द्र केसी र २ मा राजकुमार शर्मालाई उम्मेदवार बनाएको थियो। उनीहरुले क्रमशः एमाले उम्मेदवार नारायणकुमार शाह र कर्णबहादुर घर्तीलाई पराजित गरेका छन्। 

प्रदेशसभा १ मा केसी १९ हजार ३३ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा निकटतम् प्रतिष्पर्धी शाहले ८ हजार ८१ मत ल्याएका छन्। 
प्रदेशसभा २ मा विजयी शर्माले २० हजार १६० मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिष्पर्धी घर्तीले ८ हजार ७८ मत पाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad