ad ad

राजनीति


हरि ढकाललाई भेटेर प्रतिस्पर्धी विश्व पाैडेलले दिए शुभकामना

हरि ढकाललाई भेटेर प्रतिस्पर्धी विश्व पाैडेलले दिए शुभकामना

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १:१६, काठमाडौँ

चितवन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाललाई भेटेर शुभकामना दिएका छन्। 

चितवन–१ बाट निर्वाचित भएका ढकाललाई शुभकामना दिँदै उनले आफूलाई मतदान गर्ने २५ हजार मतदातालाई ढकाललाई सहयोग गर्न अनुरोध गरेका छन्। 

अर्थविद् समेत रहेका पौडेलले शास्त्रमा जय पराजयप्रति निस्पृह हुनुपर्छ भनेर लेखेको उल्लेख गरेका छन्। 

‘हिजो आम निर्वाचनको गणना लगभग सकिएपछी मैले श्री हरी ढकालजीलाई भेटेर चितवन(१ बाट नवनिर्वाचित सांसद हुनुभएकोमा शुभकामना दिएँ,’ पौडेलेले सामाजिक सञ्जालमार्फत भनेका भन्, ‘शास्त्रमा जय पराजय प्रति निस्पृह हुनुपर्छ भनेर लेखेको छ। गएको एक महिना भन्दा बढी समय चितवनको क्षेत्र नंबर १ का कुना कुना चाहारें, यहाँँको व्यापक असमानता देखें, जनताको दुस्खहरु देखें।यसबाट जुन ज्ञान आर्जन भयो, त्यो नै लाख भयो। यसले गर्दा पराजयबाट ऊद्वीग्नमना हुनुपर्ने कुनै स्थिती भएन।’

ढकालले ३४ हजार १ सय ८९ मत प्राप्त गरेर विजयी भएका हुन् भने पाैडेलले २४ हजार ९ सय ९ मत पाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .