ad ad

राजनीति


समानुपातिक : कांग्रेसभन्दा एमाले २९ हजार मतले अघि, एकीकृत समाजवादी दशौं स्थानमा

रास्वपा तेस्रो, माओवादी केन्द्र चौथो
समानुपातिक : कांग्रेसभन्दा एमाले २९ हजार मतले अघि, एकीकृत समाजवादी दशौं स्थानमा

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार २२:१९, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमाले २९ हजार मतले नेपाली कांग्रेसभन्दा अगाडि छ। निर्वाचन आयोगले राति १० बजेसम्म अद्यावधीक गरेको मत परिणामअनुसार एमाले र कांग्रेसका बीचमा मात्र २९ हजार ३६२ मतको फरक देखिएको छ।

आयोगको वेबसाइटमा अद्यावधिक परिणाममा एमाले ७ लाख ६८ हजार ३३६ मतका साथ पहिलो स्थानमा छ। यसलाई पछ्याइरहेको कांग्रेसको ७ लाख ३८ हजार ९७५ मत छ। 

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्मको गणनामा ३ लाख ६५ हजार ३५४ मत पाएको छ। नेकपा माओवादी केन्द्र ४ लाख ४० हजार ६६२ मतका साथ चौथो स्थानमा छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ लाख ९५ हजार ३३७ र जनता समाजवादी पार्टी (जसपा) को समानुपातिकतर्फ अहिलेसम्म १ लाख ३ हजार ८९२ मत आएको छ।

एमाले विभाजित भएर गठन भएको नयाँ दल नेकपा एकीकृत समाजवादी पार्टी ५१ हजार ८८ मतसहित १० औं स्थानमा छ। जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टीले एकीकृत समाजवादीभन्दा बढी मत पाएका छन्।

आयोगका अनुसार जनमतले ६१ हजार ९४७, उन्मुक्तिले ५८ हजार ८८८ र नेमकिपाले ५३ हजार २९१ मत ल्याएका छन्। 

सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ४७ हजार २० मतसहित प्रतिनिधिसभा समानुपातिकतर्फ ११ औं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .