बाँके क्षेत्र नम्बर १ मा खेलकुदमन्त्री महेश्वरजंग गहतराज पराजित भएका छन्। यहाँबाट नेकपा एमालेका सूर्य ढकाल विजयी भएका छन्।
ढकाल २५ हजार २६ मत प्राप्त गरी निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले बताए।
लोकतान्त्रिक-वाम गठबन्धनबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) लाई पाँच हजार तीन सय ९४ मतले हराउँदै ढकाल निर्वाचित भएका हुन्। गहतराजले १९ हजार छ सय ३२ मत पाएका छन्।
उक्त निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार चार सय ६५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गरेका छन्।
तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी १ नं. निर्वाचन क्षेत्रमा एक लाख २१ हजार एक सय मतदाता छन्।
जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छ।
प्रतिक्रिया