सर्लाही क्षेत्र नम्बर ४ को (ख) मा माओवादी केन्द्रका फकिरा महतो विजयी भएका छन्।
स्वतन्त्र उम्मेदवार अनिता देवीलाई पराजित गर्दै महतो मधेश प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।
महतोले ८ हजार ३३ मत प्राप्त गर्दा अनिता देवीले ७ हजार ६७६ मत प्राप्त गरेकी छन्।
यो क्षेत्रबाट जनमत पार्टीका संजयकुमार सिंहले ५ हजार १४७ मत प्राप्त गरेका छन्।
त्यसैगरी अर्का स्वतन्त्र उम्मेदवार श्रीचन यादवले ३ हजार ५४४ मत प्राप्त गरेका छन् भने बहुजन एकता पार्टीका कृष्णकुमार कुशवाहाले २ हजार ८९० मत प्रात गरेका छन्।
मंसिर ८, २०७९, बिहीबार
57
Shares
प्रतिक्रिया