ad ad

राजनीति


सर्लाही- १ मा लोसपाका रामप्रकाश चौधरी निर्वाचित

एमालेका मानबहादुर खड्का ‘बागी’ बन्दा जसपाका प्रमोद साह पराजित
सर्लाही- १ मा लोसपाका रामप्रकाश चौधरी निर्वाचित

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ११:४०, जनकपुरधाम

सर्लाही-१ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी निर्वाचित भएका छन्। उनी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन्।

२४ हजार ८३८ मत ल्याएर चौधरी निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत प्राप्त गरेका छन्।

सो क्षेत्रका निवर्तमान सांसद जनता समाजवादी पार्टी (जसपा)का प्रमोद साहले १४ हजार २५५ मत ल्याएका छन्। साह एमाले जसपा गठबन्धनका साझा उम्मेदवार हुन्।

यो क्षेत्रमा एमालेले साहलाई समर्थन गरे पनि एमालेकै नेता खड्काले स्वतन्त्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका थिए। 

एमालेबाट निर्वाचित लालबन्दी नगरपालिकाका पूर्व मेयर खड्काले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिँदा एमाले जसपा गठबन्धनका उम्मेदवार साहले पराजित बनेका हुन्।

सर्लाही १ मा चौधरीको विजयसँगै लोसपाले प्रतिनिधिसभामा दुई सीट जीतेको छ। यसअघि लोसपाका सवेन्द्रनाथ शुक्ला रुपन्देही ४ बाट विजयी भैसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .