राजनीति


एकीकृत समाजवादीको दोस्रो जित, बारा–४ बाट किसान श्रेष्ठ विजयी

एकीकृत समाजवादीको दोस्रो जित, बारा–४ बाट किसान श्रेष्ठ विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १९:१६, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा दोस्रो जित हात पारेको छ। बारा क्षेत्र नम्बर ४ बाट एकीकृत समाजवादीले दोस्रो जित निकालेको हो। 

बारा क्षेत्र नम्बर ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ २० हजार २ सय ९१ मत प्राप्त गरेका छन्। 

उनी यसअघि तनहुँबाट नेकपा एमालेबाट प्रत्यक्षतर्फ संघीय संसदमा विजयी भएका थिए। यसअघि एकीकृत समाजवादीले अछाम–१ बाट पहिलो जित निकालेको थियो।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित भएका छन्। 

मियाँले १३ हजार ८ सय ६३ मत प्राप्त गरे।

मियाँ यस अघि लोसपाबाट यही क्षेत्रबाट २०७४ मा संघीय संसदमा निर्वाचित थिए। यसपालि एमालेमा प्रवेश गरी उनी चुनावी मैदानमा थिए। 

निर्वाचन आयोगले मतपरिणाको औपचारिक घोषणा भने गर्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad