राजनीति


कञ्चनपुर २ का दुवै प्रदेश सभामा सत्ता गठबन्धन विजयी

कञ्चनपुर २ का दुवै प्रदेश सभामा सत्ता गठबन्धन विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १७:३८, कञ्चनपुर

कञ्चनपुरमा वाम-लोकतान्त्रिक गठबन्धनले जित हासिल गरेको छ। 

क्षेत्र नं. २ मा को प्रदेश सभा १ मा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका ओमविक्रम भाट (सरल) ले ४७५ मतले प्रतिस्पर्धीलाई उछिने।

सार्वजनिक अन्तिम मतपरिणाम अनुसार माओवादी केन्द्रका भाटले १० हजार ९२५ मत ल्याएका छन्। 

निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बचनबहादुर सिंहले १० हजार ४५० मत मात्रै पाउन सके।

यस्तै, प्रदेश सभा २ मा नेपाली कांग्रेसका बहादुरसिंह थापा १० हजार ६६२ मतका साथ विजयी भए। 

उनका प्रतिस्पर्धी नेकपा एमालेका कृपाराम रानाले ८ हजार ९४२ मत मात्रै ल्याउन सके।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad