राजनीति


ईश्वर पोखरेलविरुद्ध अग्रता बढाउँदै प्रदीप पौडेल

ईश्वर पोखरेलविरुद्ध अग्रता बढाउँदै प्रदीप पौडेल

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १६:१५, काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल अग्रता बढाउँदै गएका छन्।

एक सय मत गणना हुँदा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलभन्दा ७ मतले अगाडि देखिएका पौडेल पछिल्लो समय ३५ मतले अगाडि छन्। 

एक हजार मत गणना हुँदा पौडेलको २७२ र पोखरेलको २३७ मत आएको नेविसंघका नेता सुवास घिमिरेले जानकारी दिएका छन्। 

५ सयको गणना हुँदा पौडेलले १० मतले, ६ सय गणना हुँदा १४, ८ सय गणना हुँदा २१, ९ सय गणना हुँदा ३२ मतले अग्रता लिएका थिए। 

काठमाडौं–५ मा ७० हजार ९१९ मतदाता छन्। जसमध्ये ४५ हजार ३५५ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad