राजनीति


सुर्खेत–२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

सुर्खेत–२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार ८:३१, सुर्खेत

सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ को मतगाणनाका लागि सोमबार बिहान सर्वदलीय बैठक बस्दै छ। 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक बस्न लागेको हो। 

सुर्खेतका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार सबै मतदान केन्द्रबाट सोमबार बिहान तीन बजेभित्र मतपेटिका मतगणना स्थलमा ल्याइसकिएको छ। 

सुर्खेत २ को मतगणना वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको सुर्खेत सभा हलमा  हुँदैछ।

यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान स्थगित भएको छ।  

मत पेटिकामा फरक मतपत्र फेला परेपछि आइतबार मतदान स्थगित भएको थियो। 

स्रोतका अनुसार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का मतदान अधिकृत वीरेन्द्रनगरमा हुने सर्वदलिय बैठकमा सहभागी हुन जाँदैछन्। 

बैठकमा सिम्ता बहुमुखी मतदान केन्द्रमा मतदान कहिले गर्ने विषयमा छलफल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .