राजनीति


काठमाडौँबाहिर बागमतीका १८ मध्ये १२ क्षेत्रमा रास्वपाकै दबदबा

काठमाडौँबाहिर बागमतीका १८ मध्ये १२ क्षेत्रमा रास्वपाकै दबदबा

सुनिता विष्ट
फागुन २२, २०८२ शुक्रबार २१:१०, हेटौंडा

बागमती प्रदेशमा काठमाडौँ उपत्यकाबाहेक १८ निर्वाचन क्षेत्रमा मतगणना जारी छ। 

मतगणना जारी रहँदा उपत्यकाबाहिरका अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि देखिएको छ। निर्वाचन आयोगका अनुसार, १८ मध्ये १२ वटा निर्वाचन क्षेत्रमा रास्वपा अग्रस्थानमा रहेको छ।

चितवनका तीन वटै क्षेत्रमा रास्वपा अगाडि देखिएको छ। चितवन-१ मा हरि ढकाल अगाडि छन्। उनले नेकपा (एमाले) का दावा दोर्जे लामालाई ६ हजार मतान्तरले पछाडि पारेका छन्। लामाले ४ हजार ३४४ मत प्राप्त गर्दा ढकालले १० हजार २४३ मत प्राप्त गरेका हुन्। 

नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले २ हजार ८५७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कृष्णराज पन्तले १ हजार १४५ मत प्राप्त गरेका छन्। 

यस्तै, चितवन-२ मा रास्वपा सभापति रवि लामिछाने प्रतिस्पर्धीभन्दा चार गुण मतान्तरले अगाडि छन्। कांग्रेसकी उम्मेदवार मीना खरेलले ५ हजार ८५५ मत प्राप्त गरेकी छन् भने एमालेका अस्मिन घिमिरेले ४ हजार ८५६ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रताप गुरुङले २ हजार ६८१ मत प्राप्त गरेका छन्। 

चितवन-३ मा सोबिता गौतम पनि अग्रस्थानमा छिन्। उनलाई नेकपाकी उम्मेदवार रेणु दाहालले पछ्याइरहेकी छन्। यद्यपि, दुई जनाको मतान्तर दोब्बरभन्दा बढी छ। गौतमले १७ हजार ८५१ मत प्राप्त गर्दा दाहालले ८ हजार ३७ मत प्राप्त गरेकी छन्। 

दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा पनि दुवै क्षेत्रमा रास्वपा अग्रस्थानमा छ। मकवानपुर क्षेत्र नम्बर १ मा प्रशान्त उप्रेती र क्षेत्र नम्बर २ मा प्रकाश गौतम अग्रस्थानमा छन्। 

प्रारम्भिक मतगणनादेखि नै मकवानपुरमा रास्वपाले अग्रता लिइरहेको छ। हालसम्मको मतगणनामा प्रशान्त उप्रेतीले ३ हजार ६१७ मत प्राप्त गरेका छन्। कांग्रेसका बुद्ध लामाले १ हजार ७२१ मत प्राप्त गर्दा एमालेका उम्मेदवार महेश बर्तौलाले १ हजार ५४७ मत प्राप्त गरेका छन्। 

मकवानपुर-२ मा रास्वपाका प्रकाश गौतमले ५ हजार ४१८ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले १ हजार २०४ मत प्राप्त गरेकी छन्। 

यता, सिन्धुपाल्चोक-१ मा रास्वपाका भरतप्रसाद पराजुली अग्रस्थानमा छन्। उनले हालसम्म ३ हजार २२७ मत प्राप्त गर्दै अग्रस्थानमा छन्। उनका निकटम प्रतिद्वन्द्व नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का माधव सापकोटाले १ हजार ५५९ मत ल्याएका छन्। 

काभ्रेपलाञ्चोक-२ मा बदनकुमार भण्डारी १३ हजार ८०४ मत सहित अग्रस्थानमा छन्। उनलाई एमालेका अशोककुमार व्याजुले ४ हजार ९०७ मत ल्याएर पछ्याइरहेका छन्। 

नुवाकोट-२ मा रास्वपाका उम्मेदवार अच्युतम लामिछाने १ हजार ५९२ मतसहित अग्रस्थानमा छन्। उनलाई कांग्रेका उम्मेदवार जगदीश्वर नरसिंह केसीले ४ हजार ८३० मत ल्याउँदै पछ्याइरहेका छन्। 

नुवाकोट-१ म पनि रास्वपाका विक्रम तिमल्सिना १ हजार ५१० मत सहित अग्रस्थानमा छन्। उनलाई १ हजार ५५ मतसहित कांग्रेसका प्रकाशशरण महतले पछ्याइरहेका छन्। 

धादिङ-१ मा रास्वपाकी आशिका तामाङ अग्रस्थानमा छिन्। उनले ९ हजार १५८ मत ल्याउँदा एमालेका भूमि त्रिपाठीले ४ हजार २४४ मत ल्याउँदै पछ्याइरहेका छन्। 

सिन्धुली-२ मा ३ हजार ९८१ मत सहित रास्वपाका उम्मेदवार आशिष गजुरेल अग्रस्थानमा छन्। उनलाई नेकपाका लेखनाथ दाहालले ३ हजार १६३ मत ल्याएर दोस्रो स्थानमा छन्। 

यस्तै, दोलखामा रास्वपाका जगदीश खरेल अग्रस्थानमा छन्। उनले १ हजार ६३४ मत ल्याएर अगाडि लाग्दा नेकपाका विशाल खड्काले ७४४ मत प्राप्त गरेका छन्। एमालेका पार्वत गुरुङले ५६२ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad