राजनीति


बागमतीमा नेमकिपाका विक्रम र कविताको उम्मेदवारी दर्ता

बागमतीमा नेमकिपाका विक्रम र कविताको उम्मेदवारी दर्ता

सुनिता विष्ट
पुस २३, २०८२ बुधबार १३:५४, हेटौंडा

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशबाट नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

बुधबार नेमकिपाको तर्फबाट बागमती प्रदेशको अन्य क्लस्टरमा विक्रम ढुकुछु र महिला क्लस्टरमा कविता महर्जनले मनोनयन दर्ता गरेका हुन्। सुनिल प्रजापति प्रस्तावक र रजनी जोशीको समर्थनमा ढुकुछुले मनोनयन दर्ता गरेका छन्। 

त्यस्तै, सुरेन्द्रराज गोर्साई प्रस्तावक र सृजना सायजूको समर्थनमा महर्जनले मनोनयन दर्ता गरेकी हुन्।

बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि निर्वाचन हुँदै छ। आज उम्मेदवारी दर्ताको समय तोकिएको छ भने माघ ११ गते मतदान हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad