बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्।
सोमबार (आज) प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा २०१ को उपधारा (२) र २०१ को उपधारा (४) बमोजिम चारवटा विधेयक प्रमाणीकरण गरिएको हो।
प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
उक्त विधेयकहरू प्रदेशसभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पेस गरिएको थियो।
Shares

प्रतिक्रिया