राजनीति


जनकपुर विमानस्थल तोडफोड गर्ने राजपा सांसद साह पक्राउ

जनकपुर विमानस्थल तोडफोड गर्ने राजपा सांसद साह पक्राउ

नेपालखबर
असोज २८, २०७६ मंगलबार ७:२८,

जनकपुर विमानस्थलमा तोडफोड गरेको अभियोगमा संघीय प्रतिनिधिसभाका सांसद प्रमोद साह पक्राउ परेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले सांसद साहलाई ओखलढुंगा जाने क्रममा त्रिभुवन विमास्थलबाट मंगलबार पक्राउ गरेको हो।

साहले सोमबार काठमाडौं आउने क्रममा जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड गरेका थिए। उनलाई जहाजले काठमाडौं ल्याउन मानेको थिएन । तर, स्थानीय प्रशासनको दबावमा उनी सोही जहाज चढेर काठमाडौं आएका थिए। उक्त विमानमा समयमै काठमाडौंको अस्पतालमा पुग्नुपर्ने किड्नीका बिरामी भएको र आफूले त्यसबारे पटकपटक विमान कम्पनिका कर्मचारीलाई भन्दा पनि सुनुवाई नगरेकाले आक्रोशित भएको सांसद साहले बताएका थिए।

यसैबीच, तोडफोड गर्नेलाई सात दिनभित्र कानुनी कारबाही गर्न नेपाल वायुसेवा सञ्चालक संघले सोमबार नै चेतावनी दिएको थियो। सांसद साहको उक्त कार्यप्रति संघले भर्त्सना समेत गरेको थियो। संघले कारबाही नभएर विमानस्थलमा उडान नै बन्द गर्ने चेतावनी दिएको थियो।

साह सर्लाही १ बाट निर्वाचित सांसद हुन्।

याे पनिः ‘तोडफोड गर्ने सांसदलाई कारबाही नभए सबै उडान बन्द’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad