प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित सत्तापक्षीय शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक हुने भएको छ।
देउवासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल, नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ, उर्जामन्त्री बर्षमान पुन र कानून मन्त्री भानभक्त ढकाल सहभागी हुनेछन्।
नेपाली कांग्रेसको तर्फबाट सभापति देउवाका अलावा केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र रमेश लेखकले बैठकमा सहभागी हुने स्रोतले बताएको छ।
प्रतिनिधि सभामा मंगलबारदेखि प्रमुख प्रतिपक्षले सुरु गरेको अवरोधका विषयमा छलफल गर्नका लागि भने प्रधानमन्त्रीसहित सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताबीच यो भेटघाट र छलफल हुन लागेको होइन।
स्रोतका अनुसार द्वन्द्वकालिन विषयहरुका सम्बन्धमा गठन गरिएको सत्यनिरुपण तथा मेलमिलाप आयोग र त्यससँग सम्बन्धित विषयमा छलफलका लागि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी र सत्तारुढ दलका प्रमुख नेताहरुबीच छलफल हुन लागेको हो।

प्रतिक्रिया