भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँगको मतभेद झगडाको कारण बन्न नदिने बताएका छन्।
तमिल नाडुको महाबलिपुरममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग ५० मिनेट एक्लाएक्लै वार्ता गरेपछि मोदी चिनियाँ प्रतिनिधिमण्डलसँगको वार्तामा यतिबेला व्यस्त छन्।
सो क्रममा मोदीले चीनसँगको मतभेद झगडाको कारण बन्न नदिने बताएका हुन्।
मोदीले भने,‘पछिल्लो दुई हजार वर्षमा अधिकाँश कालखण्डमा भारत र चीन विश्वको प्रमुख आर्थिक शक्ति राष्ट्र बनेको छ। यस शताब्दीमा पनि हामीले समान स्थिती हासिल गरेका छौं।’
मोदीले दुई देशबीचको मदभेदलाई आपसी सहमतिबाट सुल्झाउने बताएका छन्।
महाबलिपुरममा भइरहेको प्रतिनिधिमण्डलको वार्तामा सी चिनफिङले भारतबाट पाएको सम्मानबाट आफू अत्यन्त खुशी भएको बताएका छन्।
भारत आफ्नो सहयोगी मित्र भएको महसुस गरेको सिले बताए।एजेन्सी
प्रतिक्रिया