राजनीति


प्रधानमन्त्रीद्वारा बुबा मोहनप्रसादको हातबाट दशैँको टीका ग्रहण

प्रधानमन्त्रीद्वारा बुबा मोहनप्रसादको हातबाट दशैँको टीका ग्रहण

नेपालखबर
असोज २१, २०७६ मंगलबार १०:२९,

प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट दशैँंको टीका ग्रहण गरेका छन्।

प्रधानमन्त्री ओलीले मंगलबार अपरान्ह २ बजेर ३६ मिनेटमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुबा मोहनप्रसादको हातबाट बडा दशैँको टीका र जमरा ग्रहण गरेका हुन्। त्यसपछि प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई दशैँको टीका र जमरा लगाई दिए।

उनले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेकपाका नेताहरु, सांसदहरु, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहसचिव प्रेमकुमार राई, आफ्ना सुरक्षाकर्मीहरु र सचिवालयका अन्य सदस्यहरुलाई टिका र जमरा लगाई दिए।

अहिले प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टिका लगाई दिनेक्रम जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad