ad ad

राजनीति


शाही र रिजालमाथिको आक्रमण लोकतन्त्रकै उपहासः साझा युवा संगठन

शाही र रिजालमाथिको आक्रमण लोकतन्त्रकै उपहासः साझा युवा संगठन

नेपालखबर
असोज १३, २०७६ सोमबार ९:१६,

साझा युवा संगठनले भ्रष्टचार विरोधी अभियन्ता भनेर चिनिएका ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमण र कांग्रेस नेता मिनेन्द्र रिजालमाथि तनहुँमा भएको आक्रमण प्रयासको निन्दा गरेको छ।

सोमबार विज्ञप्ति प्रकासित गरी साझा युवा संगठनले लोकतन्त्रका मुल्य मान्यतालाई रक्षा गर्नुपर्ने जिम्मेवारी पाएको सरकार र सरकार सन्चालन गरिरहेको दलकै सार्वजनिक आह्वानमा देशका बिभिन्न ठाउँमा फरक आस्था र बिचार राख्नेहरुमाथी साङ्गघातिक आक्रमण भएको जनाएको छ।

चितवनमा शाहीमाथी निर्घात कुटपिट र तनहुँमा डा. रिजालमाथी भौतिक आक्रमणको प्रयत्नले लोकतन्त्रको उपहास गरेको सो संगठनको ठहर छ।

‘सामान्य राजनितिक संस्कारलाई समेत ख्याल नगरी सरकार र सत्ताधारी पार्टीका कार्यकर्ताको नेतृत्वमा घटाइएका यस्ता मध्ययुगिन आक्रमणले लोकन्तन्त्रमाथी कालो ग्रहण लगाएको छ भने समाजलाई थप त्रसित र आतंकित पारेको छ’ साझाले भनेको छ।

सो संगठनले दुबै घटनाको निस्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .