ad ad

कारोबार


एनआईसी एशियाका चार नयाँ शाखा एकैपटक सञ्चालनमा

एनआईसी एशियाका चार नयाँ शाखा एकैपटक सञ्चालनमा

नेपालखबर
असोज १३, २०७६ सोमबार ९:३५,

एनआईसी एशिया बैंकका चार नयाँ शाखाहरु र एक शाखारहित बैंकिङ्ग सेवा आइतबारदेखि सञ्चालनमा आएका छन्।

रुकुम पूर्व जिल्ला, सिस्ने गाउँपालिका–६ पूर्व रुकुमस्थित रुकुमकोट शाखाकोे उद्घाटन सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले गरे। त्यस्तै चितवन जिल्ला, भरतपुर महानगरपालिका–१८ स्थित चनौली शाखाको उद्घाटन बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख विश्व पौड्यालले गरे।

चितवन जिल्लाकै राप्ती नगरपालिका–५ स्थित भण्डारा शाखाको उद्घाटन राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईंले गरे। साथै काठमाडौं जिल्ला कागेश्वरी मनहरा नगरपालिका–९ काँडाघारीस्थित काँडाघारी शाखाको उद्घाटन बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख वन्दना पोखरेलले गरिन्।

यसैगरी झापा जिल्लाको कचनकवल गाउँपालिका–३ को पथरिया नयाँबजारमा बैंकको ४२औंं शाखारहित बैंकिङ्ग सेवा आजदेखि सञ्चालनमा आएको छ। बैंकले संचालनमा ल्याएको पथरिया नयाँबजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कचनकवल शाखाका शाखा प्रबन्धक प्रविण खड्काको उपस्थितिमा भयो। उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरि प्रसाद दंगाललाई नियुक्त गरिएको छ।

यी चार शाखाहरु र थप एक शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै सो क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .