राजनीति


अफ्रिकी मुलुक घानासँग नेपालकाे कूटनीतिक सम्बन्ध स्थापना

अफ्रिकी मुलुक घानासँग नेपालकाे कूटनीतिक सम्बन्ध स्थापना

नेपालखबर
असोज ९, २०७६ बिहिबार ३:१,

नेपाल र अफ्रिकी मुलुक घानाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

योसँगै नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको देशको संख्या १६८ पुगेको छ।

संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन्।

राष्ट्रसङ्घको प्रधानकार्यालयमा भएको सङ्क्षिप्त समारोहमा दुवै देशका विदेशमन्त्रीले उक्त दस्तावेजमा हस्ताक्षर गरेका हुन्।

यसले दुई देशबीच पारस्परिक हित र चासोका विषयमा सहकार्य र साझेदारी गर्ने एवम् व्यापार तथा पर्यटन प्रवद्र्धनका सम्भावनाको खोजी गर्ने बाटो खुलेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad