भारतीय सेनाले अरुणाचल प्रदेशस्थित चीनको सिमाना नजिक अत्याधुनिक अमेरिकी हतियार तैनाथ गर्ने योजना बनाएको छ।
चिनुक हेभि लिफ्ट हेलिकप्टर, एम ७७७ अल्ट्रा लाइट होविटजरजस्ता हतियार भारतले चीनको सीमा नजिक राख्न लागेको शुक्रबार द इकोनोमिक टाइम्सले जनाएको छ।
हालै भारतको लद्दाख राज्यमा भारतीय र चिनियाँ सेनाबीच भएको विवादपछि भारतले अरुणाचल प्रदेशस्थित चीनको सिमाना नजिक अत्याधुनिक अमेरिकी हतियार राख्न लागेको हो।
भारतले अरुणाचल प्रदेशमा शैन्य शक्ति प्रदर्शन गर्दै त्यहाँ सैन्य अभ्यास गर्ने कार्यतालिका पनि भएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।

प्रतिक्रिया