ad ad

राजनीति


चितवन मेडिकल कलेजलाई विप्लवका छोरा प्रकाशको कडा चेतावनी

चितवन मेडिकल कलेजलाई विप्लवका छोरा प्रकाशको कडा चेतावनी

नेपालखबर
भदौ २३, २०७६ सोमबार १०:३२,

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाशले विद्यार्थीमाथि दमन नगर्न चितवन मेडिकल कलेजलाई कडा चेतावनी दिएका छन्।

सोही कलेजका विद्यार्थी रहेका प्रकाशले विद्यार्थीहरुको आन्दोलनलाई आइतबार सम्बोधन गर्दै मेडिकल कलेज सञ्चालकहरुलाई ‘मेडिकल माफिया’ को संज्ञा दिएका छन्। ‘मेडिकल माफियालाई कुनै लाज हुँदैन, घिन हुँदैन र लेभल हुँदैन।’ उनले भने, ‘यिनीहरुलाई पैसा भए पुग्छ। पैसाका लागि माफियाहरु आफ्नै विद्यार्थीलाई मार्न पनि पछि पर्दैनन्।’

सो कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न माग राखेर गरिरहेको आन्दोलमा प्रहरी दमन भएको भन्दै प्रकाश आक्रोशित भएका हुन्। प्रकाशले मेडिकल कलेजले विद्यार्थीहरुलाई मात्रै शोषण गरेको नभइ हरेक बिरामी र तिनका अभिभावकमाथि पनि शोषण गरिरहेको आरोप लगाए। पैसाका लागि आफ्नै विद्यार्थीमाथि दमन गर्न तयार हुने माफियाहरुले कसैलाई पनि नछोड्ने भन्दै उनले विद्यार्थी बाहेक आम जनतालाई पनि मेडिकल कलेजको शोषण विरुद्ध आवाज उठाउन आह्वान गरे।

उनले भने, ‘बिस्तारै माफियाहरु तपाईंको घरसम्म आउनेछन्, तपाईंको भान्छासम्म आउनेछन्। मेडिकल माफियाको लागि पैसा भन्दा ठुलो केही होइन। पैसाका लागि यिनिहरुले आफ्नै विद्यार्थीलाई पनि मार्छन। आफ्नै कलेजका विद्यार्थी मार्न तयार हुने मेडिकल माफियाले तपाईंहरुलाई मायाँ गर्छन् भन्ने नसोचे हुन्छ। तपाईंहरुले पनि यहाँ भित्र भएका भ्रष्टाचार विरुद्ध आवाज उठाउन सक्नुपर्छ।’

सेतो एप्रोन लगाएका आफ्नै कलेजका विद्यार्थीमाथि सीएमसीले प्रहरी लगाएर गरेको दमनको प्रतिकार गर्ने उनले चेतावनी दिए।

‘विद्यार्थीहरु लाठि र बुट देखेर डराउँदैनन्। चितवन मेडिकल कलेजका सञ्चालकहरुको हैसियत छ भने विद्यार्थीसँग वार्ता गर।’ उनले भने, ‘अन्यथा माफियाहरुलाई हामी सडकमा पछार्छौँ।’

चितवन मेडिकल कलेजमा विभिन्न माग राखि केही दिनदेखि विद्यार्थीहरु आन्दोलित हुँदै आएका छन्। सोमबार पनि उनीहरुले कलेजको गेटमा धर्ना दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .