राजनीति


मरिसस र भियतनामका विदेशमन्त्रीसँग मन्त्री ज्ञवालीको भेटवार्ता

मरिसस र भियतनामका विदेशमन्त्रीसँग मन्त्री ज्ञवालीको भेटवार्ता

नेपालखबर
भदौ १८, २०७६ बुधबार १६:१०,

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माल्दिभ्सको राजधानी मालेमा आज मरिसस र भियतनामका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन्।

चौथो हिन्दमहासागर सम्मेलनमा भाग लिने सिलसिलामा मालेमा रहेका मन्त्री ज्ञवालीले आज मरिससका विदेशमन्त्री नन्दकोमार बोधा र भियतनामका सहायक विदेशमन्त्री नुयनभान थाओसँगको भेटवार्तामा पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परारष्ट्रमन्त्रालयले जनाएको छ।

नेपाल र मरिससका विदेशमन्त्रीबीचको भेटवार्तामा द्विपक्षीय उच्चस्तरीय भ्रमण आदानप्रदान, नेपाली नागरिकलाई मरिससमा रोजगारीका अवसर वृद्धि र पर्यटन पवद्र्धनबारे छलफल भएको थियो।

त्यसैगरी भियतनामका सहायक विदेशमन्त्रीसँग भेटमा दुवै नेताले आपसी सम्बन्ध निरन्तर प्रगाढ बन्दै गएकामा सन्तोष व्यक्त गर्दै दुवै देशले पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धलाई अझ सुदृढ तुल्याउन सहमति जनाएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad