राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेतको कटकटुवा भन्ने ठाउँमा धेरै गाई एकै ठाउँमा मरेका र घाइते भएको घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न माग गरेको छ।
नेपालगञ्जबाट दैलेखतर्फ लगिएको भनिएको १५० गाई मध्ये कटकुवा जङ्गलमा शुक्रबार बिहान २३ वटा गाई मृत अवस्थामा भेटिएको र केही गाइहरु घाइते अवस्थामा रहेको भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको राप्रपाले जनाएको छ।
‘हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाई एकैपटक ठूलो संख्यामा मृत भेटिनु दुःखद, शंकास्पद र निन्दनीय छ। यस घटनाको तत्काल छानबिन गर्न तथा यदि नियतवश यो जघन्य अपराध भएको हो भने दोषी पत्ता लगाई कडा कारबाही गर्न राप्रपा सरकारसँग जोडदार माग गर्दछ’ राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी वक्तव्यमा उल्लेख छ।
प्रतिक्रिया