भारतको डिफेन्स कलेजको ५९ औं कोर्षका एक प्रतिनिधिमण्डलले नेपालको भ्रमण गरेको छ।
भारत, संयुक्त अधिराज्य, जापान, मंगोलिया र बंगलादेश १५ जना उच्च सरकारी तथा गैर सरकारी उच्च अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डलले नेपालमा रहँदा परराष्ट्रमन्त्रीसहित उच्च अधिकारीहरुसँग शिष्टाचार भेट गरेको थियो।
काठमाडौंस्थित भारतीय दूतावासबाट प्रेसित बिज्ञप्तिमा सो प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, रक्षा सचिव रश्मीराज पाण्डेसँग शिष्टाचार भेट गरेको जनाइएको छ। भारतीय सेनाका भाइस एड्मिरल श्रीकान्तको नेतृत्वमा रहेको टोलीले नेपाली सेनाका प्रमुख जनरल पूर्णचन्द्र थापासँग भेटमा आपसी चासोको विषयमा छलफल गरेको थियो।
तीन दिने भ्रमणको क्रममा सो प्रतिनिधि मण्डलले पोखरास्थित पश्चिम पृतना हेडक्वाटर र जोमसोमस्थित माउन्टेन वेलफेयर स्कुलको समेत भ्रमण गरेको थियो। भारतको नेसनल डिफेन्स कलेज युद्ध सम्बन्धी उच्च स्तरीय रणनीतिका वृहत पक्षको बारेमा उच्च सैनिक तथा गैर सैनिक अधिकारीहरुलाई तालिम उपलब्ध गराउने संस्था हो।
Shares
प्रतिक्रिया