राजनीति


सांसद आफैँ ठेकेदार, सडककाे हालत यस्ताे

सांसद आफैँ ठेकेदार, सडककाे हालत यस्ताे

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार १३:४४,

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले शुक्रबार चावहिल–जोरपाटी–सांखु सडक खण्डको स्थलगत अनुगमन गरेका छ।

सभापति कल्याणी खड्काको नेतृत्वमा सांसदहरु, सडक आयोजनाका कर्मचारी तथा पत्रकारहरु समेत सहभागी टोलीले सडक अनुगमन गरेको हो। सडक अनुगमन पछि सभापति कल्याणी खड्काले जिम्मेवारी भित्रको काम समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीहरुलाई निर्देशन दिइन्। सडक अनुगमन गर्न आउने थाहा पाएपछि खाल्डो पुर्ने प्रवृति गलत भएको भन्दै जनतालाई कमजोर नठान्न चेतावनी नै दिइन्। उनले भनिन् ‘बिरालोलाई लगेर तपाईले ढोकामा थुनिदिनुभयो भने तपाईको घाँटी च्याप्न आउँछ।’

सभापतिको कडा निर्देशन पछि अनुगमनका क्रममा ठेकेदार कम्पनी, स्थानीय जनप्रतिनिधि र सडक विस्तार आयोजनाका प्रतिनिधिबीच आरोप प्रत्यारोप नै चल्यो। जनप्रतिनिधिले ठेकेदारले काम गर्न अटेरी गरेको र अनुगमन आउने थाहा पाएपछि सडकका खाल्डा पुर्ने काम गरेको बताए। ठेकेदार कम्पनीका प्रतिनिधिले भने स्थानीय जनप्रतिनिधिले बाटो विस्तारमा असहयोग गरेको गुनासो गरे। ठेकेदार कम्पनीका प्रतिनिधिले सडकको डिजाईन दिन ढिलाई गरेका कारण समस्या भएको भन्दै सम्पुर्ण दोष आयोजना तर्फ थुपारेपछि आयोजना प्रमुखले प्रतिवाद गरेका थिए।

चावहिल जोरपाटी सडक खण्डको निर्माण ठेक्का लिएका ४ वटा कम्पनी मध्ये एउटा लामा सामानान्तर जेभी मध्येको लामा कन्स्ट्रक्सनका मालिक जीपछिरिङ लामा विकास समितिका सदस्य पनि हुन्।

NP KTM 20190823 IMG 4795b 1

अनुगमनका क्रममा समितिले चावहिल मैजुबहाल र जोरपार्टी साँखु सडक खण्ड दुराअवस्थामा रहेको ठहर गरेको छ।

कुन भुगोलमा कस्तो बाटो उपयुक्त छ भन्ने अध्ययन अनुसन्धान विना नै सडक विस्तारको काम अगाडि बढाएकाले सडक निर्माण समयै सम्पन्न हुन नसकेको देखिएको सभापति खड्काले जानकारी दिइन्।

प्रतिनिधिसभा बैठकमा राजधानीकै सडकको अवस्था नाजुक रहेको भन्दै दैनिकजसो सांसदहरुले आवाज उठाएपछि संसदीय समितिले त्यस तर्फ चासो देखाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad