ad ad

राजनीति


प्रधानमन्त्रीले अदालतलाई धम्की दिए : सभापति देउवा

प्रधानमन्त्रीले अदालतलाई धम्की दिए : सभापति देउवा

नेपालखबर
असार १६, २०७८ बुधबार १४:२,

नेपाली कांग्रेसका सभापति शेरबहादुर अदालतबाट निष्पक्ष फैसला आउने बताएका छन्।

आज नागरिक समाजका अगुवासँग विपक्षी गठबन्धनले गरेको छलफलमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशहरुलाई धम्की दिएको आरोप लगाए।

अदालत र न्यायाधीश प्रधानमन्त्रीको धम्कीबाट नडराउने बताउँदै उनले भने, 'न्यायाधीश पनि प्रधानमन्त्रीको धम्कीबाट डराउने हो भने देश के होला?'

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा निर्णय गराउनका लागि अदालतलाई धम्की दिईरहेको देउवाको दाबी छ।

कार्यकारी शक्ति भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुने भएपनि न्यायलय सधै संविधान अनुसार चल्ने भएकाले न्यायाधीशहरु प्रधानमन्त्रीको धम्कीबाट नडराउने विश्वास रहेको उनले बताए।

कमिसन खेलका कारण कोरोनाविरुद्धको खोप आउन नसकेको पनि उनको भनाई थियो।

विपषी गठनबन्धले पछिल्लो समय विभिन्न क्षेत्रका व्यक्तिहरुसँग अन्तर्क्रिया गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .