चीन र रुसको सहकार्यले उत्पन्न हुने बढ्दो खतराको बारेमा चेतावनी दिँदै उनले बेइजिङको आक्रामकताविरुद्ध उठ्नुपर्ने र टापु क्षेत्र ताइवानलाई ‘लोकतान्त्रिक राष्ट्र’को रुपमा जोगाउन आवश्यक रहेको उल्लेख गरेका हुन्।
हड्सन इन्स्टिट्युट थिंक ट्यांकमा बोल्दै नाकायामाले जापान, अमेरिका लगायत धेरै राष्ट्रले एक चीन नीतिलाई अनुसरण गर्नु र ताइवानको सट्टा सन् १९७० मा बेइजिङलाई मान्यता दिनु सही कार्य नभएको पनि संकेत गरेका छन्।
यो नीतिमा पुनर्विचार हुनुपर्ने धारणा राख्दै उनी प्रश्न गर्छन्,‘एक चीन नीति पछ्याउनु सही कदम हो त?’ भावी पुस्ताले नीति निर्माताहरुको यस कार्यलाई कसरी मूल्यांकन गर्नेछन् भनेर आफूले बताउन नसक्ने उनको भनाइ छ।
उनले ताइवानलाई एक लोकतान्त्रिक राष्ट्र भएको बताउँदै यसलाई रक्षा गर्ने काम लोकतान्त्रिक शक्तिकै भएको जोड दिए।
यस्तै जापान र ताइवान भौगोलिक हिसाबमा नजिकै भएको र यदि ताइवानमा केही भएमा त्यसले अमेरिकी सेना रहेको क्षेत्र आकिनावा क्षेत्रमा समेत असर पुग्ने नाकायामा बताउँछन्। उनी भन्छन्,‘यही कारण हामीले ताइवानको रक्षा गर्नुपर्छ।’
त्यस्तै चीनले अन्तरिक्षमा चुनौती बढाएको बताउँदै उनी चीनको क्षेप्यास्त्र प्रणाली तथा प्रविधि र साइबर डोमेन खतराको रुपमा उत्पन्न भएको उल्लेख गर्छन्। झन् राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चीन आक्रामक विचार र आक्रामक सोचका साथ अगाडि बढिरहेको उनको भनाइ छ।
जापान र रुसले सहकार्य गरिरहँदा उनीहरुले जापानी क्षेत्र वरीपरी र अमेरिकी राज्य हवाई वरीपरी सैन्य खतरा उत्पन्न गराएको पनि उनको भनाइ छ।
यसबीचमा उनले चीन र रुसविरुद्ध एक हुनुपर्ने बताउँदै अमेरिक थप बलियो भएर उभिनुपर्ने धारणा राख्छन्।
उनी चीन र रुसलाई टक्कर दिन जापानले क्षेप्यास्त्र लगायतका हतियारमा राम्रो बजेट खर्च गर्नुपर्ने बताउँदै भन्छन्,‘अमेरिका र टोक्यालेले प्रविधिलाई अब्बल बनाउन एक भएर काम गर्नुपर्छ।’ सीएनएन
Shares
प्रतिक्रिया