ad ad

राजनीति


चीनद्वारा विश्वव्यापी खोप कार्यक्रम ‘बेल्ट एन्ड रोड भ्याक्सिन पार्टनरसिप’ घोषणा, गरिबलाई प्राथमिकता

चीनद्वारा विश्वव्यापी खोप कार्यक्रम ‘बेल्ट एन्ड रोड भ्याक्सिन पार्टनरसिप’ घोषणा, गरिबलाई प्राथमिकता

नेपालखबर
असार १०, २०७८ बिहिबार १०:९,

यस कार्यक्रमको लक्ष्य हेर्दा यो डब्लूएचओको कोभ्याक्स कार्यक्रमजस्तै पाइएको छ।

बुधबार चीनको महत्वाकाँक्षी बीआरआई परियोजनामा आवद्ध १४० देशमध्ये २९ देशका प्रतिविधिसँगको भिडिओ सम्मेलनमा चीनले यस विश्वव्यापी खोप कार्यक्रमको घोषणा गरेको हो।

यस कार्यक्रमलाई ती २९ राष्ट्रले नै समर्थन जनाएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। उनीहरुबीच खोप नियामक नीति सञ्चारलाई सुदृढ बनाउन तथा संयुक्त अनुसन्धान गर्न र प्राविधिक सहायता आदान प्रदान गर्ने सहमति भएको छ।

यस्तै यी राष्ट्रहरुबीच गरिब तथा विकासोन्मुख राष्ट्रलाई कोरोना खोप सहयोग गर्न, खोपको मूल्य सस्तो बनाउन तथा गरिब राष्ट्रमै खोप उत्पादन गर्ने अवस्था सिर्जना गर्ने पनि सम्झौता भएको छ।

सो क्रममा चीनका विदेशमन्त्री वाङ यीले बीआरआई परियोजनाको बचाउ गरेका छन्। पश्चिमा राष्ट्रले बीआरआईलाई ‘ऋणको पासो’ भनेर कुप्रचार गरेको यीको भनाइ छ।

उनका अनुसार यदी बीआरआई ऋणको पासो हुन्थ्यो भने विश्वका १४० राष्ट्र यस योजनामा आवद्ध हुँदैन थिए।

वाङ यीका अनुसार गतवर्ष मात्र चीन र बीआरआईमा आवद्ध राष्ट्रहरुबीच १३ खर्ब अमेरिकी डलरभन्दा बढीको कारोबार भयो।

उनका अनुसार हालसम्म बीआरआईको व्यापारको आकार ९२ खर्ब अमेरिकी डलरमा पुगेको छ। यस्तै हालसम्म विभिन्न देशमा चिनियाँ कम्पनीले १ खर्ब ३० अर्बको प्रत्यक्ष लगानी गरिसकेको छ।

‘केही व्यक्तिहरू विश्वास गर्छन् कि बीआरआई चीनको भूराजनीतिक हतियार हो जसले राजनीतिक चासोहरू खोज्दछ, तर यो पूर्णतया गलत छ’ उनी भन्छन्,‘बीआरआईमा आवद्ध कुनै राष्ट्रले ऋणको पासोको दाबी स्वीकार गर्दैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .