राजनीति


चीनले विवादित सीमा क्षेत्रमा सैन्य पूर्वाधार निर्माण गर्दा चिन्तामा भारत

चीनले विवादित सीमा क्षेत्रमा सैन्य पूर्वाधार निर्माण गर्दा चिन्तामा भारत

नेपालखबर
असार ९, २०७८ बुधबार १३:२९,

भारतका विदेशमन्त्री एस जयशंकरले मंगलबार कतार इकोनोमिक फोरममा बोल्दै चीनले विवादित क्षेत्रबाट सेना हटाउने सहमति तोडेर सो क्षेत्रमा फेरि सेना तैनाथ गर्दै सैन्य पूर्वाधार निर्माण गर्न थालेको बताएका हुन्।

चिनियाँ कार्यले सहमति भंग हुने उनको भनाइ छ। उनका अनुसार चीन र भारतका सेनाबीच भएको लिखित सम्झौतामा सेनाहरु विवादित क्षेत्रबाट हटाउने भनिएको छ।

यद्यपी लद्दाख नजिकैका क्षेत्रमा चिनियाँ सेनाहरुको गतिविधि बढ्न थालेको उनको भनाइ छ।

गतवर्ष लद्दाख नजिकैको विवादित क्षेत्र गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सेना र ४ चिनियाँ सेनाको ज्यान गएको थियो।

त्यसयता भारत र चीनका सेनाबीच ११ पटकभन्दा बढी शान्ति वार्ता भएको छ। दुवै देशका सेनाले विवादित क्षेत्र एलएसीबाट पछाडि हट्ने सहमति गरेका छन्।

यद्यपी चिनियाँ सेनाले सहमति नमानेको भारतको आरोप छ। चिनियाँ आक्रामकता जारी रहे भारतले त्यसको कडा प्रतिकार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउँदै आएका छन्। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .