त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदाममा चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेक्समा रहेको आयात गोदाममा चोरी भएको हो।
चोरीमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका–२ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर बस्ने विष्णु अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।
अधिकारीले जेठ २० गते ७ वटा र असार ३ गते ६ वटा गरी १३ थान ल्यापटप चोरी गरेको प्रहरीले जनाएको छ।
महानगरीय अपराध महाशाखाको टोलीले उनलाई ८ थान ल्यापटप र २ थान चार्जरसहित पक्राउ गरेको हो।
प्रतिक्रिया