ad ad

राजनीति


मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै लुम्बिनीमा विपक्षीद्वारा बजेट छलफल बहिष्कार

मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै लुम्बिनीमा विपक्षीद्वारा बजेट छलफल बहिष्कार

नेपालखबर
असार ६, २०७८ आइतबार १०:१०,

मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको भन्दै उनले ल्याएको बजेटमाथि कुनै छलफल हुन नसक्ने भनी लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले प्रदेश सभा बहिस्कार गरेका छन्।

आइतबारका लागि तय भएको प्रदेश सभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष) लगायतको विपक्षी गठबन्धनले बैठक बहिस्कार गरेको लुम्बिनी प्रदेशका सांसद सुदर्शन बरालले जानकारी दिए।

‘मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा हुनुहुन्छ, अल्पमतको मुख्यमन्त्रीले ल्याएका हरेक कार्यक्रम अल्पमतमा हुन्छन्,’ बरालले भने, ‘त्यही भएर बजेटमाथि छलफल हुन सक्त्तैन भनेर हामीले बहिस्कार गर्‍यौं।’

मुख्यमन्त्री पोखरेलले संविधानको धारा ६८ (१) अनुसार सरकारको दाबी गरे पनि जसपाका केही नेताहरु समेत सरकारमा रहेकाले त्यो ६८(२) अनुसारको सरकार भएको भन्दै विश्वासको मत लिन विपक्षी गठबन्धनले माग समेत गरेको छ।

‘उहाँले पहिला राजीनामा दिएर विश्वासको मत नलिएसम्म त्यो वैधानिक हुनै सक्त्तैन,’ बरालले थपे।

विपक्षी गठबन्धनले बहिष्कार गरेपछि प्रदेश सभा बैठक स्थगित भएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .