ad ad

राजनीति


नेतृत्वमा दोस्रो पुस्ताले दाबी गरेपछि राप्रपाका नेताहरु डराए : धवल शमशेर राणा (कुराकानी)

नेतृत्वमा दोस्रो पुस्ताले दाबी गरेपछि राप्रपाका नेताहरु डराए : धवल शमशेर राणा (कुराकानी)

नेपालखबर
असार ५, २०७८ शनिबार ६:५५,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार गठन गरेको २५ सदस्यीय केन्द्रीय विशेष समितिमा पार्टीका उपाध्यक्ष र महामन्त्रीसमेत रहिसकेका डा. धवल शमशेर राणा परेनन्।
आगामी महाधिवेशनमा पार्टीको नेतृत्वमा दाबी गरिरहेका राणा केन्द्रीय समितिमा नपरेपछि असन्तुष्ट बनेका छन्। उनले यसलाई सुनियोजित भन्दै आइरहेका छन्। महामन्त्री भइसकेका राणालाई केन्द्रीय समितिमा नराख्दा पार्टी भित्र पनि असन्तुष्टि बढेको छ। यसै विषयमा नेपालखबरले राणासँग गरेको कुराकानी :

पार्टीको उपाध्यक्ष र महामन्त्री भैसकेको तपाई केन्द्रीय समितिमा पनि पर्नु भएन?
म मात्रै होइन धेरै सिनियर साथिहरु केन्द्रीय समितिमा पर्नु भएको छैन। आउन पर्नेहरुको नाम आएको छैन। यसले पार्टीको ओज घटाएको छ। यसले हामी सबै दु:खी छौं। अपमानित हुने काम नेताहरुले गर्दै आएका छन्।

भावी नेतृत्वको दाबी गरिरहेकै बेला तपाईको नाम केन्द्रीय समितिबाट हट्यो नि!
यो उदेश्यविहीन भएर गरिएको काम हो। यो सुनियोजित तरिकाबाट भएको छ। यो कुरा सबै कार्यकर्ताहरुले बुझेका छन् र देशभरी यस विषयमा आवाज पनि उठेको छ। आवाज उठाउने साथिहरुलाई धन्यवाद पनि दिन चाहन्छु। म मात्र होइन धेरै प्रमुख नेताहरुको नाम छोडिएको छ। अपमान गर्ने काम धेरै पटक भएको छ तर मैले सहँदै आएको छु।

तपाईँप्रति पार्टी किन पूर्वाग्रही भयो ?
पार्टीको पूर्वाग्रह होइन। कार्यकर्ताहरुले कति माया गर्छन् भन्ने देखिहाल्नु भयो। यो नेताहरुको हतास भएको मनस्थिति हो। दोस्रो तहबाट नेतृत्व हुनुपर्छ भन्ने आवाज उठेपछि त्यो आवाजलाई दवाउन खोजिएको हो।

तपाईँको प्रभावसँग नेतृत्व डराएको हो ?
नेतृत्व परिवर्तनको आवाज मैले उठाउँदै आएको छु। नेतृत्व युवा पुस्तामा, दोस्रो पुस्तामा जानु पर्छ भनेको छु त्यो आवाजलाई नेताहरुकले दवाउन खोजेका हुन्। यो आवाजसँग डराएका हुन्।

अब पार्टीमा कसरी अघि बढ्नु हुन्छ?
पार्टी कार्यकर्ताको माया ममा छ। धर्म निरपेक्षताको खारेजी, हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्र, भ्रष्टाचार निर्मुल गर्ने र देशलाई समृद्ध राष्ट्र बनाउने जुन मेरो मिसन छ त्यसमा म अडिग छु। अपमानित गर्न खोज्ने सानो मनस्थितिबाट गरिएका कामले मलाई फरक पर्दैन।

आगामी महाधिवेशनमा नेतृत्वमा तपाईँको दाबी रहन्छ?
महाधिवेशनमा दोस्रो पुस्ताको दाबी रहने छ। दोस्रो पुस्ताबाट अरु कसैले दाबी गर्छ भने म सघाउन तयार छु। त्यसो भएन भने म नेतृत्वको लागि तयार छु।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .