राजनीति


कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम म्याद असार ९ सम्म

कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम म्याद असार ९ सम्म

नेपालखबर
असार ४, २०७८ शुक्रबार १६:१४,

नेपाली कांग्रेसले पार्टीको चौधौँ महाधिवेशनको लागि क्रियाशील सदस्यता नवीकरण गर्न बाँकी सदस्यका लागि असार ९ गतेसम्मको समयसिमा ताेकेकाे छ।

केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक केशव रिजालले शुक्रबार विज्ञप्ति प्रकाशित गरी असार ९ गतेभित्र नामावली पठाउन जानकारी गराएका छन्।

‘विधान बमोजिम नविकरण गर्न छुट भएको भए, नवीकरण गर्नु पर्ने सदस्यको नामावली विवरण र शुल्क समेत नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिमा सबै जिल्ला कार्यसमितिरक्षेत्रीय कार्यसमिति/प्रदेश सभा क्षेत्रीय कार्यसमिति/गाउँ/नगर पालिका कार्यसमिति/वडा कार्यसमिति र सम्बन्धित क्रियाशील सदस्य स्वयंले यही आषाढ ९ गतेभित्र पठाउनु हुन यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .