ad ad

राजनीति


मन्त्री भइसकेको व्यक्तिलाई पनि राजदूत बन्न शैक्षिक योग्यता अनिवार्य

मन्त्री भइसकेको व्यक्तिलाई पनि राजदूत बन्न शैक्षिक योग्यता अनिवार्य

नेपालखबर
असार ४, २०७८ शुक्रबार १५:४५,

सर्वोच्च अदालतले मन्त्री भइसेको व्यक्तिसमेत राजदूत बन्न शैक्षिक योग्यता अनिवार्य गर्न अन्तरिम आदेश दिएको छ।

मन्त्री भइसकेको व्यक्ति राजदूत बन्न शैक्षिक योग्यता आवश्यक नपर्ने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चले शुक्रबार अन्तरिम आदेश दिएको हो।

विभिन्न देशमा राजदूत हुन मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक गरेको हुनुपर्ने भएपनि मन्त्री भइसकेको व्यक्तिलाई सो योग्यता आवश्यक नपर्ने निर्णय गरेको थियो।

त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिएको हो।

s1_3.jpg

s2_3.jpg

s3_2.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .