ad ad

राजनीति


चीनको जी७ राष्ट्रलक्षित टिप्पणीः सानाे समूहले विश्वमा राज गर्न सक्दैन

चीनको जी७ राष्ट्रलक्षित टिप्पणीः सानाे समूहले विश्वमा राज गर्न सक्दैन

नेपालखबर
जेठ ३०, २०७८ आइतबार १०:६,

चीनले जी७ समूहमा आवद्ध देशका नेताहरुलाई चेतावनीपूर्ण भाषमा ‘साना समूह’ले विश्वमा राज गर्न नसक्ने बताएको हो।

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत तथा अमेरिका सम्मिलत जी७ समूहको बेलायतमा जारी बैठकले चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स बीआरआई लाई टक्कर दिने गरी ‘बिल्ड ब्याक बेटर वर्ल्ड’ बी३डब्लू योजना ल्याएपछि लन्डनस्थित चिनियाँ दूतावासका प्रवक्ताले जी७ का नेताहरुलाई चुनौती दिँदै यस्तो बताएका हुन्।

आइतबार जी७ सम्मेलन समाप्त हुँदैछ। बीआरआई अवधारणाअनुसार चीनले कयौं देशमा रेल, सडक, बन्दरगाह लगायतका पूर्वाधार सुधारको लागि आर्थिक मद्दत गर्ने गरेको छ। जसका कारण चीनले आफ्नो प्रभाव विश्वका कयौ देशमा बढाउन सफल भएको छ।

बाइडेनका अनुसार बी३डब्लू जस्ता गुणस्तरीय योजना खडा गरे चीनलाई चुनौती दिन सकिन्छ। जी७ ले अमेरिकाले प्रस्ताव गरेको बी३डब्लूलाई शनिबार अनुमोदन गरेको हो।

तर जी७ राष्ट्रको विरुद्धमा लन्डनस्थित चिनियाँ दूतावासले भनेको छ,‘साना समूहले विश्वव्यापी निर्णयहरु निर्धारण गर्ने दिनहरु बितिसके। हामी जहिल्यै यो विश्वास गर्छौ कि देश सानो होस या ठूलो, कमजोर होस् या बलियो, धनी अथवा गरिब सबै बराबर हुन् र वैश्विक मामिलाहरू सबै देशहरूको परामर्श मार्फत व्यवस्थापन गरिनुपर्छ।’ बीबीसी

यो पनिः चीनको बीआरआईलाई काउन्टर दिन अमेरिकाले प्रस्तुत गर्‍यो बी३डब्ल्यू योजना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .