ad ad

राजनीति


जनमोर्चा सचेतक थापा भन्छिन् : बर्खास्त सांसदको पत्र लिनु संवैधानिक अपराध

जनमोर्चा सचेतक थापा भन्छिन् : बर्खास्त सांसदको पत्र लिनु संवैधानिक अपराध

नेपालखबर
जेठ २९, २०७८ शनिबार ११:१७,

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशकी सचेतक पियारी थापाले गण्डकी प्रदेशमा संवैधानिक अपराध भएको बताएकी छन्।

सांसद र पार्टीबाट बर्खास्त भएका व्यक्तिले आफू आधिकारिक भएको भन्दै कसैलाई समर्थन गर्न नसक्ने उनले बताइन्।

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले जनमोर्चाले कारबाही गरेका सांसद कृष्ण थापा र जसपा महन्थ ठाकुर पक्षको पत्र पेश गर्दै दाबी गरेपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्।

विपक्षी गठबन्धनसँग स्पष्ट बहुमत रहेको उनले बताइन्। बर्खास्त भएको सांसदको पत्र लिनु संवैधानिक अपराध भएको उनले बताइन्।

मुलुकमा एक खालको प्रतिगन लादेर यो प्रदेशमा त्यही खालको गतिविधि बढाइएको उनले बताइन्। २७ गते सदनमा मुख्यमन्त्री गुरुङले विश्वासको मत गुमाएका थिए।

त्यसपछि प्रदेश प्रखुम सीता पौडेलले सरकार गठनका लागि आह्वान गरेकी थिइन्। शुक्रबार ३१ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

तर आज मुख्यमन्त्रीमा गुरुङको पनि दाबी पेश गरेपछि गण्डकीको राजनीतिले नयाँ मोड दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .