राजनीति


सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिएकामा माधव नेपाल समूहलाई गोकुल बाँस्कोटाको अग्रिम शुभकामना!

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिएकामा माधव नेपाल समूहलाई गोकुल बाँस्कोटाको अग्रिम शुभकामना!

नेपालखबर
जेठ २५, २०७८ मंगलबार १२:४०,

पार्टीको केन्द्रीय निर्देशनविपरीत एमालेको माधव नेपाल समूहका सांसदले आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट नेता गोकुल बाँस्कोटाले आक्रोश पोखेका छन्।

मंगलबार अपराह्न सामाजिक सञ्जालमार्फत नेता बाँस्कोटाले नेपाल समूहलाई खरानी समूहको संज्ञा दिएका हुन्।

‘विधि, पद्धति, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समूहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई,’ बाँस्कोटाले लेखेका छन्, ‘माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उहाँहरूको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस्, अग्रिम शुभकामना!!’

यो पनि : नेपाल समूहको साथले सुदूरपश्चिममा पनि जोगियो माओवादी सरकार, कसले कता गरे मतदान? (नामसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .