ad ad

राजनीति


हस्ताक्षर बुझाउन महन्थ ठाकुरले निर्वाचन आयोगसँग मागे एक साताको समय

हस्ताक्षर बुझाउन महन्थ ठाकुरले निर्वाचन आयोगसँग मागे एक साताको समय

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ११:४२,

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले निर्वाचन आयोगसँग केन्द्रीय कार्यकारिणी समितका सदस्यको हस्ताक्षर बुझाउन एक साताको समय मागेको छ।

ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको पत्र निर्वाचन आयोगलाई पठाएको थियो। ठाकुरले आयोगलाई पत्र पठाउँदै अध्यक्ष यादवलाई निष्कासन गरी दलको दर्ता किताबको विवरण सच्याउन आग्रह गरेका थिए।

ठाकुरले विवरण पेश गर्न एक हप्ताको समय मागेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

'कोरोना महामारीको कारण देखाउँदै थप १ हप्ताको समय माग्नु भएको छ,' श्रेष्ठले भने।

आयोगले ठाकुरलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा कागजपत्र पेश गर्दै केन्द्रीय कार्यकारिणी समितिको हस्ताक्षरसमेत पेश गर्न भनेको थियो।

जेठ १९ गते नै यादवले पनि ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई कारबाही गर्दै दल दर्ताको विवरण सच्याउन पत्राचार गरेका थिए। यादवले कार्यकारिणी समितिको हस्ताक्षर पेश गरेकाले अनुसूची १८ अनुसार विवरण पेश गर्न भनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .