राजनीति


वामदेव गौतमले भने : महतोको अभिव्यक्तिबारे ओलीको अनभिज्ञता देखेर आश्चार्य चकित छु

वामदेव गौतमले भने : महतोको अभिव्यक्तिबारे ओलीको अनभिज्ञता देखेर आश्चार्य चकित छु

नेपालखबर
जेठ २२, २०७८ शनिबार १०:१,

उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिलाई लिएर नेताहरुले विरोध जनाएका छन्।

पदभार सम्हाल्ने क्रममा महतोले बहुल राष्ट्रिय राज्य बनाउनका लागि आन्दोलन गर्ने बताएका थिए।

उनको भनाईप्रति एमाले नेता वामदेव गौतमले आपत्ति जनाएका छन्। संविधानको मर्म विपरित कार्य गर्ने छैन भनी सपथग्रहण गरेको आधा घण्टा नबित्दै महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको बताउनु दुखद भएको बताएका छन्।

'नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो', गौतमले भनेका छन्, 'संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो। यसको अर्थ हो, नेपालमा एउटामात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो।'

महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन नसक्ने गौतमको भनाई छ।

नेपाललाई विघटन गर्ने आन्दोलन कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन नसक्ने उनले बताएका छन्।
प्रधानमन्त्री केपी ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको गौतमले बताएका छन्।

एमालेका अर्का नेता योगेश भट्टराईले पहिलो र दोश्रो संविधानसभा मै असान्दर्भिक भैइसकेको बहुराष्ट्रिय राज्यको बहस उपप्रधानमन्त्रीले पुन: उठाउनु राम्रो संकेत नभएको बताएका छन्।

देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिब्यक्ति माथि लगाम लगाउन उनले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्।

उनले अर्थात विविधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता भएको बताएका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad