नेकपा एमाले माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै छ।
दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको भर्चुअल बैठकपछि नेपाल पक्षले आज दिउँसो १ बजेका लागि स्थायी कमिटीको बैठक बोलाएको हो।
एक नेताका अनुसार बैठकमा अब आगामी राजनीतिक यात्रा कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरिनेछ।
नेपाल समूहभित्रै दुई धार देखिएका छन्। एउटा पक्ष– अन्तिमसम्म पार्टी एकताको प्रयत्न गर्नुपर्छ भन्दै ओली पक्षसँग वार्ता गरिरहेको छ भने अर्काे पक्ष– अब ओलीसँग अलमलिने होइन, नयाँ पार्टी खोलेर अघि बढ्नुपर्छ भनिरहेको छ।
यी पनि :
चार नेताको १० बुँदे पत्रः ओलीसँग वार्ता रोकेर नयाँ बाटो तय गरौँ
माधव नेपाल पक्षको छलफलमा योगेश र गोकर्णले राखे धारणा– दुवैको भनाइ उस्तै

प्रतिक्रिया