राजनीति


कोरोना संक्रमणबाट माओवादी पोलिटब्यूरो सदस्य वाइबाको निधन

कोरोना संक्रमणबाट माओवादी पोलिटब्यूरो सदस्य वाइबाको निधन

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार ०:१६,

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा पुराना कम्युनिष्ट नेता विष्णुलाल वाइबाको निधन भएको छ।

सिरहा निवासी ७८ वर्षीय वाइबाको कोरोना संक्रमणको कारण बिहीबार साँझ झापामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

वाइबा २०४८ सालमा संयुक्त जनमोर्चाको तर्फबाट सिरहाबाट सांसद निर्वाचित भएका थिए। तीन साताअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि झापा लगिएको थियो।

आम्दा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको माओवादी केन्द्रका पोलिटव्युरो सदस्य विश्वनाथ साहले जानकारी दिए। एक साताअघि गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आए पनि फोक्सोको निमोनिया ठिक नहुँदा उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन्।

नेता वाइबा तत्कालिन बामपन्थी नेता जयगोविन्द साहको प्रेरणाले सानै उमेरदेखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए। सादा जीवन विताउन चाहने वाइवा सिरहालाई कार्य क्षेत्र बनाएर वामन्थी राजनीतिमा क्रियाशील थिए।

सिरहाको कर्जन्हा नगरपालिका बडहरा मिर्चैया निवासी वाइबाको आज बिहान कमला नदीमा दाहसंस्कार हुने नेता साहले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad