राजनीति


मध्यावधी निर्वाचनको बन्दुक उल्टो पड्कन सक्छ : मोहनविक्रम

मध्यावधी निर्वाचनको बन्दुक उल्टो पड्कन सक्छ : मोहनविक्रम

नेपालखबर
जेठ १९, २०७८ बुधबार १५:४७,

नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले मध्यावधी निर्वाचनको बन्दुक प्रधानमन्त्री केपी ओलीका लागि उल्टो पड्कन सक्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री ओलीले चुनावबाट दुइतिहाई मत प्राप्त गर्ने आशा गरेका भएपनि उनकै लागि चुनाव आत्मघाती हुन सक्ने सिंहले चेतावनी दिएका हुन्।

मुलुक कोरोनाका कारण गम्भीर रुपले आक्रान्त र आर्थिक दृष्टिकोणले जर्जर भएको अवस्थामा जवर्जस्ती मध्यावधि चुनाव लाद्ने प्रधानमन्त्रीको प्रयत्न आपत्तिजनक भएको महामन्त्री सिंहले बताएका छन्। 

महामन्त्री सिंहले बुधबार समसामयिक विषयमा पार्टीका धारणा स्पष्ट पार्दै राष्ट्रिय सभाको बागमती र लुम्बिनीको परिणामले मध्यावधि चुनावको बन्दुक ओलीका लागि उल्टाे पड्कन सक्ने देखिएको बताए।

सिंहले प्रतिनिधि सभा रहन्छ कि रहन्न भन्ने प्रश्न भन्दा पनि देशमा साम्राज्यवादी र प्रतिगामी शक्तिहरुको चलखेल बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री ओलीका ‘प्रतिगामी कदम’ विरुद्ध एकजुट हुन पनि राजनीतिक दलहरुलाई आव्हान गरेका छन्।

यस्तै, मसालले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा वरिष्ठ न्यायाधीशहरु राखेर संवैधानिक इजलास गठन गर्ने निर्णयको स्वागत गरेको छ। यसले न्यायपालिकाबाट निष्पक्षा फैसला हुने विश्वास जागेको मसालले जनाएको छ।

महामन्त्री सिंहले ओली सरकारले प्रस्तुत गरेको बजेटमा ढुंगा, गिट्टी र बालुवालाई भारतमा निर्यातको लागि स्वीकृति दिने निर्णयलाई पनि अत्यन्त गम्भीर र आपत्तिजनक रूपमा लिएको छ। त्यो निर्णय नेपालको पर्यावरणका विरुद्ध हुनुका साथै भारतपरस्त चरित्रको परिणाम भएको मसालको ठहर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .